जनताले पैसा तिरेर नि पायनन सांसदको फेरी पनि नि:शुल्क कोरोना परीक्षण

 

मंसिर, काठमाडौं ।सांसद हरुले कोरोना परिक्षण निशुल्क गरेको बिषयले यस आगाडी पनि निकै चर्चा पायको थियो |जनताले पैसा तिरेरैभय पनि गर्छु भन्दा ठुल्ठुला सहरहरुमा पनि सम्भव छैन तर संसदको यसरि परिक्षण गरिदाजनतामा आफ्नै लागि गर्नको लागि मात्र गयको रैछन भन्ने पर्न सकछ सघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा गरेको संसद सचिवालयले सांसदहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने योजना बनाएको छ ।
सबै सांसदको निःशुल्क कोरोना परीक्षण गर्ने तयारी छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘सांसदहरुको पुनः एक पटक कोरोना परीक्षण निशुल्क गर्ने विषयमा संसद सचिवालय, स्वास्थ्य मन्त्रालय र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पदाधिकारीहरुबीच छलफल भएको छ । तर निर्णय भइसकेको छैन ।’

२६ वैशाखबाट सुरु भएको वर्षे अधिवेशन भन्दा अघिल्लो दिन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदको कोरोना परीक्षण निःशुल्क गरिएको थियो । त्यसपछि पनि उपत्यका बाहिर गएर फर्किएका सांसदको कोरोना परीक्षण संसद सचिवालयले गर्दै आएको छ ।
हिउँदे अधिवेशन सुरु गर्दा पनि अनिवार्य रुपमा कोरोना परीक्षण गराउने संसद सचिवालयले जनाएको छ ।तर सरकारले लक्षण देखिएकाहरुको मात्रै सरकारी अस्पतालमा निःशुल्क परीक्षण गर्ने भएको छ । सांसदहरुले लक्षण नै नभएपनि निःशुल्क परीक्षण गर्दा आलोचना हुने भन्दै कतिपयले शुल्क तिर्ने गरी कोरोना परीक्षण गर्न लगाउनुपर्ने सुझाव दिएका छन् ।
अधिवेशन सञ्चालनको भौतिक तयारी पूरा
संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । लामो समयसम्म संसद नहुँदा कानुन निर्माण प्रभावित भएको र जनचासोका विषयमा छलफल हुन नपाएकाले हिउँदे अधिवेशन बोलाउनुपर्ने दबाव छ । यद्यपि सरकारले कुनै निर्णय गरेको छैन ।
संसद सचिवालयले भने अधिवेशन सञ्चालनको भौत्तिक तयारी पुरा भएको बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई ख्याल गरेर विगतमा भन्दा थप व्यवस्थित गरेर अधिवेशन सञ्चालनको तयारी गरिएको सचिवालयका प्रवक्ता पाण्डेले बताए ।
उनका अनुसार अब सरकारले जुन सुकै बेला अधिवेशन बोलाए पनि संसद बैठक बस्न सक्छ ।

विगतमा भन्दा यसपटक प्रतिनिधि सभा र राष्ट्रिय सभाको हलमा रहेका सिटहरुको व्यवस्थापनमा केही हेरफेर गरिएको छ ।
यसअघि दुई सिट छोडेर बस्ने व्यवस्था मिलाइएको थियो । यसपटक बीचको कुर्सी झिकेर प्रत्येक सांसद बस्ने सिटबाट दुई मिटर कायम हुने गरी व्यवस्थापन गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । अब एकअर्कालाई नछाएर आफ्नो सिटमा पुग्न सकिन्छ ।यसका लागि सांसदहरुको सिट बालकोनीसम्म विस्तार गरिएको छ भने दर्शकदीर्घा खाली गरिएको छ ।

प्रकाशित भएको : November 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु