पोखराका सापकोटा १० औं नम्बरमा

 

जन्मदिनको अवसरमा पोखराका क्षितिज सापकोटा सरीर दान गर्ने व्यक्तिहरुको सुचिमा १० औं नम्बर मा परेको एनोटोमि बिभागकाप्रमुख निर्जु रंजितले बतायका हुन्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका नेता क्षितिज सापकोटा ‘किरण’ले जन्मदिनको अवसरमा शीरर दान गरेका छन्।
विद्यार्थी नेता सापकोटाले आफ्नो मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउने गरी शरीर दान गरेका हुन्।

आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार सापकोटाले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको एनोटोमी विभागमा पुगी शरीर दान गर्ने मन्जुरी नामामा हस्ताक्षर गरेका हुन्। सो मन्जुरीनामामा एनोटोमी विभागका प्रमुख निर्जु रञ्जितले र विभागका तर्फबाट र सापकोटाले दानकर्ताका तर्फबाट हस्ताक्षर गरेका हुन्। उनी शरीर दानका लागि पाँच साथीहरुसहित विभागमा पुगेका थिए।
तत्काकालीन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव समेत बनेका सापकोटा अहिले नेकपाको कास्की जिल्ला सदस्य र विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सदस्यका रुपमा कार्यरत छन्। ‘जिउँदो छँदासम्म परिवर्तन र आन्दोलनमै लाग्छु’, उनले भने, ‘मरेपछि पनि आफ्नो शरीर मेडिकल साइन्सका विद्यार्थीहरुलाई काम लागोस् भनेर यो शरीर दान गर्ने निर्णयमा पुगेको हुँ।’

उनले यो सामान्य विषय भए पनि धार्मिक र सामाजिक हिसाबले जटिल बनाएका कारण आफूजस्तै चाहना भएका धरै व्यक्तिहरु खुम्चिएर बसेको बताए।

यसअघि पनि सापकोटाले आफ्नो जन्मदिन अशक्त र असाहयहरुलाई सहयोग गरेर मनाउँदै आएका थिए।

प्रकाशित भएको : November 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु