ओली जी सामान्य बहुमतले अध्यक्ष भयको मानिस होइन?अहिले बहुमत मान्दिन भन्ने : प्रचण्ड

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भ्एको हो ।

बैठकमा बोल्दै कार्यकारी अध्यक्ष प्रचण्डले बहुमतको कुरा मान्नुपर्ने तर्फ संकेत गर्दै भने; सामान्य बहुमतले अध्यक्ष भयको मानिस अहिले बालहट देखाउदै जम्मै मेरै कुरा चाहियो यो पनि मेरो त्यो पनि मेरो भन्ने ?प्रचण्ड को प्रश्न थियो, स्मरण रहोस नेकपा एमालेको पछिल्लो महादिबेसन मा केपी ओली ले माधवकुमार नेपाल लाई झिनो मतान्तरले पराजित गरेका थिय|
सो बैठकमा यसअघि ओली र प्रचण्डले ल्याएको दुबै प्रस्ताव बारे छलफल हुने बुझिएको छ । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने मंसिर १३ गतेको सचिवालय बैठकमा पनि ओलीले ३९ पेजको जवाफी प्रतिवेदन ल्याएका थिए ।

प्रकाशित भएको : December 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु