इश्वर पोखरेलले पनि छोडदै ओली लाइन सचिवालयमा एक्लिदै ओली

 

१६ मंसिर, काठमाडौं महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिनको शुभकामनामा केक काटेर सुरु भयको बैठक केक काट्दा जस्तो रमाइलो एकछिन पनि रहिरहन सकेन | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्कि येस्तो भयो कि बैठक शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा खरो भनाभनमा उत्रिए । अन्ततः बैठक बाझाबाझमै सीमित भयो र बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भयो ।

अध्यक्ष ओलीले बैठक सुरु भएको बताए र, कार्यकारी अध्यक्ष प्रचण्डतिर सोधे एजेण्डाचाहिँ के हो नि ?
कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।
तर, ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने मंसिर १३ कै भनाइ दोहोर्‍याए ।’
त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोले । अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरेर निष्कर्षमा पुग्न चाहेको प्रचण्डले बैठकमा बताए । उनले यसो भनिरहँदा अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गरे । जे मन लाग्यो त्यही बोल्ने ? भन्दै उनी प्रचण्डमाथि खनिए ।

त्यसपछि बैठकको माहौल थप बिग्रियो । ओली सँगसँगै प्रचण्ड पनि जंगिए |अन्य नेताहरु पनि ‘बोल्न पनि नपाइने ?’ भन्दै ओलीको प्रतिवाद गरे ।
ईश्वर पोरेखलले पनि बोल्नै नपाउने त भएन प्रस्तावहरु आएपछि त छलफल हुने नै भयो भने भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । बैठकको यो चिनारी पछि बसेको ओली पक्षधरको बैठक मा इश्वर पोखरेल लाई नबोलायको बुझियको छ |

प्रकाशित भएको : December 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु