अन्तत निलम्बित भय राति हरायका डिसपी

 

मंसिर, कैलाली । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘गृह मन्त्रालयले उहाँलाई निलम्बन गरेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘छानबिनको क्रममा उहालाई निलम्बन गरिएको हो ।’

प्रकाशित भएको : December 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु