मेरो नसा नसा मा श्रीकृष्णको रगत बगेको छ : नायिका स्वोता खडका

 

अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी छन्।
उनी मंसिर २२, सोमबारमा बिहे गर्दैछिन्।‘म जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा, आइतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन।’
उनले धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन्।

आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, साहस र प्रोत्साहनकै कारण आफू यो निर्णय लिन सफल भएको उनले बताएकी छन्।
श्वेताले थप लेखेकी छन्, ‘यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ- के यो पुरुष प्रधान समाजले मेरो यो निर्णय स्वीकार गर्ला र? मलाई थाहा छ, श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ भन्ने सोच बोकेका दुई चार जना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ।’

प्रकाशित भएको : December 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु