सिद्दबाबा जालन त जेल ? के भयो आज को बहस

 

२ मंसिर, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको छ ।पैसाको निकै
सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै पेस गरेको पत्र अदालतमा दर्ता नै भएन, तर प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासमा उक्त मुद्धामा सिद्धबाबा पक्षका कानुन व्यवसायीले बहस गरे ।

एक अनुयायीमाथिको बलात्कार मुद्धामा सोमबारको पेसी तोकिएको थियो । तर केही दिनअघि बलात्कार मुद्धामा नै थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्धा पुग्दा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

आफूहरुसँग मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको तर सुनुवाई नभएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताए । सोमबारको इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरेको, दर्ता फाट र श्रेस्तेदारलाई बुझाउदा पनि पत्र नबुझेपछि सरकारी वलिक बहसमा नगएको निरौलाले बताए ।

‘सर्वाेच्चमा मुद्धा पुगेपछि मिसिल यहाँबाट महान्याधिवक्ताको कार्यालयमा पुगेको छ’ जिल्ला न्यायाधिवक्ता निरौलाले भने ‘मिसिल आएपछि बहस गर्न केही समय माग गरेका हौं तर पत्र दर्ता नभएपछि इमेल पठाइयो, प्रतिक्रिया आएन । प्रतिवादी पक्षको एकतर्फी बहस भएछ ।’

निरौलाका अनुसार सिद्धबाबाको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएको र मिसिल महान्याधिवक्ताको कार्यालयबाट फिर्ता आइनपुगेकाले केही दिन सार्नका लागि पत्र पेस गरिएको हो ।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सोमबारको इजलासमा प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गरेको बताए ।

प्रकाशित भएको : December 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु