नेपालमा संक्रमित दर घट्यो मृतु दर बढ्यो १०१४ जनामा कोरोना, २० को मृत्यु,

 

सोमबार एक हजार १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रमममा थप १ हजार १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म १६ सय १४ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ सय २८ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ४३३ जना निको भएका छन् ।हाल आइशोलेशनमा १२ हजार ९४८ जना रहेका छन् भने ५२७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ

प्रकाशित भएको : December 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु