फेरी बढ्यो सुन

 

२३ मंसिर, काठमाडौं ।बिबाह को सिजन सुरु भय संगै सुनको भाउ निरन्तर बढिरहेको छ | सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको छ ।

प्रकाशित भएको : December 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु