3 months ago

सरकार संचालन कार्य शैली लगायतको कारण ले गर्दा नेकपा विवाद उत्कर्समा पुगेको छ तर सरकार भने निरन्तर आगाडी बढिरहेको छ | सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।
प्रकाशित भएको : December 8th, 2020
प्रतिकृया दिनुहोस्