प्रचण्डको जन्मदिनमै ओलिको प्रचण्डलाई सरप्राइज गिफ्ट

 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठको अडियो सार्बजनिक भयको छ |यो अडियो केहि पुरानो भय पनि नेकपा भित्रको अन्तरसंघर्ष गहिरिदै जादा सार्बजनिक गरियको छ |सारमा यो नारायणकाजीको बिरूद देखीय पनि पछिल्लो संघर्समाप्रचण्डकोरक्षा कवज भयर उभियको श्रेष्ठ लाई देखायर प्रचण्ड लाई उनीको पछाडी लाग्ने कोहि पनि सुरक्षित नभयको सन्देस केपी ओली पक्षधर ले दिन खोजेको स्रोतले बतायाको छ |
कोभिड-१९ को संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्। लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफुले प्रयास मात्रै गरेको बताए।
‘मेरो कमानजीसँग आर्थिक लेनदेन पनि होइन। त्यो प्रोजेक्टसँग मेरो सम्बन्ध पनि होइन। उहाँ आएर लौन मिलाइदिनुस् भनेको भएर मैले मिल्नुस् भनेको मात्र हो’, ‘उनले स्पष्ट पार्दै भने, ‘त्यो बाहेक मेरो न आर्थिक संलग्नता छ, न प्रोजेक्टसँग छ, न कमानजीसँग छ। मेरो त मिल्नुस भन्ने बाहेक अरू केही पनि होइन।’
आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उनले बताए।
यसैबिच पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामासँगको विवादित लेनदेनसम्बन्धी भिडियो टेपबारे याम्बालिङ हाइड्रोपावर कम्पनीले स्पष्टिकरण दिएको छ। उसले कुनै पनि लेनदेनमा श्रेष्ठको संलग्नता नभएको दाबी गरेको छ।शुक्रबार विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘यस कम्पनीसंग संलग्न नभएको पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठलाई जोडी उहाँको चरित्र हत्या गर्ने उद्देश्यले आएका भ्रामक,कपोलकल्पित एवं राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण हो।’

प्रकाशित भएको : December 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु