देशै भर जाडो बड्यो काठमाडौँको ताप्रक्रम ४.५ डिग्री सेल्सियस

 

२८ मंसिर, काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियसले कम हो ।

मौसमविद विभूति पोखरेलका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस थियो । ‘आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । पौने ९ बजे फेरि मापन गर्दा ४.५ डिग्री सेल्सियस पाइयो,’ पोखरेलले भनिन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसैगरी प्रदेश नं. १ र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद पोखरेलले बताइन् ।
केही ठाउँमा लागेको हुस्सु र कुहिरो पनि विस्तारै हट्दै गएको उनले बताइन् ।

प्रकाशित भएको : December 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु