प्रधानमन्त्रीले आकस्मिकरुपमा बोलाय मन्त्रिपरिसद वैठक,

 

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।

संवैधानिक परिषद बैठक ११ बजेपछि बस्न लागेको छ । सो बैठकअघि ‘आकस्मिक’ रुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले बताएका छन ।
पार्टी भित्र विवाद कायमै रहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक आव्हान गरेका छन् । आइतवार बस्ने भनिएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहने जानकारीपछि बैठक आज बिहानका लागि सारिएको हो ।संवैधानिक नियुक्तिबारे प्रम ओलीको सभापति देउवासँग छलफल भएपछि उनी बैठकमा सहभागी हुने भएका हुन् ।
नेकपामा संवैधानिक नियुक्तका बिषयमा पनि विवाद छ । पार्टीभित्र छलफल गरेर संवैधानिक नियुक्ति गर्नुपर्ने सचिवालय र स्थायी समितिका नेताहरुको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् ।आजको मन्त्रिपरिषद बैठकले अन्य नीतिगत निर्णयहरु समेत लिने एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ

प्रकाशित भएको : December 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु