पुगेन कोरम स्थगित भयो प्रधानमन्त्रीले बोलायको बैठक

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्‍को बैठक कोरम नपुगेर पुनः स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्वतः स्थगित भएको हो।
सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ दुई दिनअघिको बैठक स्थगित गर्दै प्रधानमन्त्रीले पुनः मंगलबार बिहान बैठक बोलाएका थिए।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भए।प्रधानमन्त्री आजै साँझ पुनः बैठक बोलाएका छन्।बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित विभिन्न आयोगमा ४५ पद रिक्त छन्।

प्रकाशित भएको : December 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु