मुख्य मन्त्रि गुरुङ लाई खाडी बाट मजदुरको प्रश्नै प्रश्न

 

जनता कोरोनाको माहामारिको चपेटामा परिरहदा जनताका मुद्धा छोडेर तपाईहरु सत्ता टिकाउने र गिराउने खेलमा लाग्दै गर्दा, जनताका काम छोडेर रास्ट्रीय राजनितिलाई नै बदनाम गर्ने खालको गुटबन्दी गर्दै हिड्दा हामिलाई भोट हाल्ने कार्यकर्ता अनि मुक्ती दिन्छु भन्ने सर्तका भुइ मान्छेहरुका भोको आत्माले कति सरापेको होला मुख्यमन्त्री ज्यू ?
युवा बिदेश पलायन रोक्छु भन्ने हाम्रा बाचा प्रतिबद्धताका रेकडहरु कहिकेकाही हेर्नुहुन्छ कि हुदैन ? आफ्नो घरको चुलोमा आगो बाल्नलाई बिदेशका गल्ली गल्लिमा पसिना बगाउने जवानहरुका कुण्ठा कति परिबर्तन भए ? नाप्ने कुनै काम भएका भए कहाँ पुगेहोलान ? आ आफ्ना गाउँ घर बस्तिहरुमा मोटर बाटाहरु त पुगेहोलान । तर ती बाटा खाडिबाट बाकसमा आएका लास बोक्न प्रयोगमा आउने हुन् । खै जन जिबिकाका कार्यक्रम ? खै नया उध्योग ? खै रोजगार ? अनि हामी समाजबादी ब्यबस्थामा जाने हाम्रो महान यात्रामा छौ कि कुन बाटोमा हिडिरहेका छौ ? अनि नाकाबन्दिमा पलाएको देश प्रेम खै अहिले ? आफुहरुले गरेका काम प्रती आफै सन्तुष्ट हुने स्थिती किन आउन सकेन ? अनि तपाईं हाम्रो राजनितिक यात्रा अनि समाजसेवाको बाटोमा लाग्ने ठाउँ राख्ने कि सबै मेट्दै जाने हो ? आगामी दिनलाई सहि सदुपयोग गर्दै देश भित्र र बाहिर रहेका लाखौ युवाहरुलाई उच्च मनोबल दिएर स्वदेशमै केही गर्ने वातावरण मिलाउन र हामी प्रगतिशिल सोच भएका राजनितिक अनि सामाजिक कार्यकर्ताहरुको राजनितिक अस्थित्वलाई मजबुत बनाउन कोलागी महत्वपुर्ण भुमिका निभाउनुहुनेछ भन्ने आसा गर्दै समाज परिबर्तनको बाटोमा लाग्ने अझ बढी प्रेरणा मिलोस भन्ने शुभकामना सहित, अभिबादन !

सहिद राममणि भटराईको छोरा
दिपक भट्टराई
मध्यनेपाल-६, भोर्लेटार
हाल खाडी रास्ट्र अरब

प्रकाशित भएको : December 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु