फेरी गले प्रधानमन्त्री ,अध्यादेश फिर्ताको सहमति

 

१ पुस, काठमाडौं ।अध्यादेश ल्याउने र फिर्ता हुने क्रम यो नौलो त होइन तर यस पाली फिर्ता होला भन्ने कसैले सोचेको थियनन | प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ र, बैठकमा अध्यक्ष ओली पनि सहभागी छन् ।

सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।
तर नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयको बहुमत सदस्यले त्यसको विरोध गरे । र, अध्यादेश फिर्ता लिन माग गरे । बुधबार स्थायी कमिटीमा छलफल गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने नेताहरुको तयारी थियो । प्रधानमन्त्रीले बैठकमा आउन अस्वीकार गरे ।
लगतै प्रचण्ड-नेपाल पक्षका नेताहरु अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशनको समावेदन बोलेर राष्ट्रपति कार्यालय पुगेपछि प्रधाननमन्त्री ओली अप्ठ्यारोमा परे । उनले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर शीतल निवास पुगेका नेताहरुलाई फिर्ता बोलाउन आग्रह गरे ।
जवाफमा प्रचण्डले अध्यादेश पहिले फिर्ता लिनुपर्ने अडान लिए । दुवै नेता आ-आफ्नो अडानमा बसेपछि दुबै पक्षका नेताहरुको पहलमा दुई अध्यक्षबीच बालुवाटारमा वार्ता सुरु भयो । स्थायी कमिटी सदस्यत्रय सुवास नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुसालको पहलमा भएको अध्यक्षद्धयको वार्तामा केही समयपछि महासचिव विष्णु पौडेल समेत सहभागी भएका थिए ।
छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । प्रधानमन्त्री अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको स्रोतले बताएको छ ।

प्रकाशित भएको : December 16th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु