इतिहासकै नालायक भयो ओली सरकार :घनश्याम भुसाल

 

काठमाडाैं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चुलिदो छ |एसको प्रमुख कारण प्रधानमन्त्रीको स्वोयाछ्याचारी कार्यशैली भयको आरोप लाग्दै आयको छ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको इतिहासमा निकम्मा सरकारको नाम लेखिन मात्र बाकी रहेको आरोप लगाएका छन् ।

उनले समग्र सरकारमाथि प्रश्न गर्नुपर्ने अवस्थामा केही मन्त्रीलाई प्रश्न गर्नुको औचित्य नभएको बताए । उनले भने, ‘केपी कमरेडले एकल तरिकाले सरकार चलाउँदा समस्या देखिएको छ, समस्या केपी कमरेडमा छ, पार्टीले संस्थागत निर्णय गर्ने हो ।’व्यक्तिले सरकार चलाउने र सरकारले पार्टी चलाउने कार्य गलत भएको उनको तर्क छ । ‘कमरेड केपी सरकारले पार्टी चलाउने भन्नुहुन्छ, यो गलत हो, यसरी पार्टी चल्दैन’, भुसालले भने । दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने निर्णय सार्वजनिक भएपछि यसको विषयमा अबको पार्टी बैठकमा कुरा उठ्ने उनले बताए ।

प्रकाशित भएको : December 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु