अनेरास्वबियूका सह -संयोजक रन्जित तामाङ सहभागी कार्यक्रममा बिबाद

 

अनेरास्वबियूका केन्द्रीय सह संयोजक रन्जित तामाङ सहभागी कार्यक्रम केपी ओली पक्षधर अनेरास्ववियुका बिधार्थीले बिथोलेका छन् |
निधन भएका पूर्व क्रान्तिकारीका नेता यमनाथ पौडेलको श्रदाञ्जली दिन पुगेका बेला पूर्व माओवादी र क्रान्तिकारीका विद्यार्थी सहित भेला गरन खोजेपछि म्याग्दी अखिलका कार्यकर्ताहरुले कार्यक्रम विथोलेका थिए ।

निधन भएका पूर्व क्रान्तिकारीका नेता यमनाथ पौडेलको श्रदाञ्जली दिन पुगेका उनीले म्याग्दी अनेरास्वबियूसंग समन्वय नगरि गुट भेला गर्न खोजेपछि कार्यक्रम विथोलिएको अनेरास्ववियू बेनी नगर कमिटी संयोजक समिर रोकले जानकारी दिए ।
तामाङले पार्टीसंग समन्वय नगरि पूर्व माओवादी नेतासहीत पत्रकार सम्मेलनको तयारी गरेका थिए ।

अखिलको झण्डा व्यानर सहीत कार्यक्रम विना, कार्यक्रम गर्न तयारी गरेपछि कार्यक्रम स्थल पुगेरै विद्यार्थीहरुले विरोध गरेका थिए ।
भनाभानको स्थितीपछि उनलाई प्रहरीले सुरक्षा दिएर कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो ।

अनेरास्ववियू केन्द्रीय सदस्य सुदीन पौडलले गुट भेला गरि राख्नेहरुले भेटघाटलाई पनि भेला देखेको बताय |
आफुहरुसंग समन्वय नगरि हिजो आएर शुक्रवार विहानै पूर्व क्रान्तिकारी र माओवादी बिचको भेला गर्ने तयारी गरेपछि विथोलिएको अनेरास्वबियू म्याग्दी संयोजक सुवास बिश्वकर्माले भने |छलफल चलिरहेको ठाउमा दुइ चार जना भाईहरु आयर नियोजित रुपमा चर्को बोलेको र आफुले सम्झायर पठायको ,केहि अनलाइनमा आयजस्तो लखेटीयको भागेको भन्ने होइन म अर्को कार्यक्रमको लागि गाडीमा जादेई छु अनेरास्वबियूका केन्द्रीय सह संयोजक रन्जित तामाङ ले सुदर्शन खबरको संगको कुराकानी मा बताय |

प्रकाशित भएको : December 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु