देशैभरिका गुट भेलाको प्रतिकार गर्छौँ : महेस बस्नेत

 

काठमाडौं पुस ३–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएको बेला गुट भेलाहरुले तिब्रता लिएको छ ।

आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरुलाई छलफलका लागि बोलाइएको छ । दिउँसो २ बजेपछि बस्ने सो भेलामा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल निकट नेताहरु सहभागी हुने बताइएको छ ।
सो भेलामा ओली निकट नेताहरुलाई बोलाइएको छैन । पेरिसडाँडा स्रोतका अनुसार पार्टीमा देखिएको आन्तरिक विवादको बारेमा स्पष्ट पार्नका लागि नेताहरुसँग छलफल गर्न लागिएको हो । सो भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगाका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकारलाई एकलौटी ढंगबाट सञ्चालन गर्न थालेको आरोप प्रचण्ड पक्षको रहेको छ ।
यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एबं पूर्व मन्त्रि महेस बस्नेतलेआजको भेला लाई संकेत गर्दै पार्टी जोगाउनु पर्छ भन्नेहरुले देशै भरि गुट भेलाको प्रतिकार गर्ने सुदर्शन खबरको टेलिफोन सम्बाद मा बताउनु भयो |म्याग्दीमा अनेरास्ववियू का सहसंयोजक रंजित तामांग सहभागी भयको कार्यक्रम केपी पक्षधर विद्यार्थीले बिथोलेका थिय |

प्रकाशित भएको : December 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु