सभामुखको मुद्दा हेर्दा हेर्दैमा

 

सभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘हेर्न नभ्याइने’को सूचीमा राखेको छ। मुद्दाको आज पेशी तोकिएको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित पाँच वरिष्ठ न्यायाधीश रहन्छन्।
यसअघि पनि २०७६ को फागुन ३० गते पेशी चढे पनि मुद्दा इजलासले हेर्न भ्याएको थिएन। लकडाउनका बेला अदालत बन्द थियो।
काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्। मुद्दा दायर भएका बेला सापकोटा सूचना तथा सञ्चार मन्त्री नियुक्त भएका थिए।
सापकोटाविरूद्ध पत्रकार कनकमणि दीक्षितले समेत मुद्दा दायर गरेका छन्। दीक्षितले सापकोटा फरार अपराधी भएकाले पक्राउ गर्न माग गर्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए। २०६८ सालको असारमा सर्वोच्च अदालतले लामाको हत्यामा सापकोटा संलग्न भएर/नभएको अनुसन्धान गर्न आदेश दिएको थियो।
२०६२ सालमा काभ्रेमा लामाको अपहरणपछि हत्या भएको थियो। सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने जिकिर गर्दै आरोप अस्वीकार गर्दै आएका छन्।

प्रकाशित भएको : December 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु