
आज पेरिसडाँडामा प्रदेश १ का नेकपा नेताहरुसँग भएको छलफलमा प्रचण्ड ले केपी ओली लाछी भयको कारण गरियका सहमति कार्यान्वयन गर्न तर्सिरहेका हुन्छन उनको सहमति गरेको केहि समय पस्चात नै उल्लंगन गर्ने बाटो खोज्ने बानि रहेको बताय | प्रचण्ड–माधव नेपाल समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ ।
पेरिसडाँडामा प्रदेश १ का नेकपा नेताहरुसँग भएको छलफल पछि सो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगनाथ खतिवडाले बताए ।
सो भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको आरोप लगाए । प्रधानमन्त्री ओलीले पटक पटक पार्टी विभाजन गर्नु भयो र हामीले पटक पटक त्यसलाई जोगाएका छौं’, प्रचण्डले प्रदेश नम्बर १ का नेताहरुलाई भने, ‘प्रधानमन्त्री ओलीका अनुसार गरेको भए पार्टी उहिल्यै विभाजन भइसकेको हुन्थ्यो । तर हामीले पार्टी विभाजन हुन दिएनौं र हुन्न पनि दिन्नौं ।’
बालुवाटारमा भेट हुँदा ओलीले अध्यादेश फिर्ता लिने, पार्टीको सहमति र छलफल अनुसार सबै कामलाई अगाडि बढाउने, यसअघि भएका नियुक्तिहरु फिर्ता लिने जस्ता प्रतिवद्धताहरु जनाएका थिए । तर स्थायी कमिटीको बैठक सकिने वित्तिकै ती सबै प्रतिवद्धतालाई बेवास्ता गरने गरेको कुरा प्रचण्डले भन्नु भयो एक नेताले बताए ।
प्रतिकृया दिनुहोस्