केपी ओलीको अर्को नाम नै धोखाधडी र बेइमानी :नेपाल

 

3 पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको बताएका छन् ।

शुक्रबार पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेपालले ओलीको बोलीको विश्वास नै नहुने बताए ।
पहिले आफूलाई अपमान गर्ने काम गरेको ओलीले पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरेको नेपालको भनाइ थियो । ‘पार्टीका पूर्वप्रमुख र पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुलाई धोका दिने, अपमान गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै केपी ओलीको योग्यता बनेको छ’, नेपालको भनाइ थियो ।सबै नेताहरुलाई पालैपालो धोका दिने, झुटो आश्वासन दिने भएकैले पार्टीभित्र नयाँ समीकरण बनेको उनले बताए । ‘अहिले कस्तो अवस्था बन्यो भने धोका पाउने र अपमानित हुनेहरु एक भएको जस्तो देखिएको छ’, नेपालले भने ।
तर, पार्टीलाई कुनै हालतमा विभाजन हुन नदिने उनको भनाइ थियो । ‘त्यसका लागि हामी माथि लड्छौं । तपाईंहरु तल लड्नु होला’, नेपालले आग्रह गरे । अहिले पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा उठाएर विभाजन गर्ने नियत देखिएकाले यसविरुद्ध लाग्न पनि नेपालको आग्रह थियो ।
नेकपाभित्रको आन्तरिक कलह चर्किदै जाँदा दुई पक्षको गुट भेला बढेको छ । शुक्रबार पेरिसडाडाँमा प्रचण्ड र नेपाल पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको भेला पेरिसडाडाँमा राखिएको थियो ।

प्रकाशित भएको : December 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु