लेखराज भट्ट र बादलले छाडे प्रचण्डको साथ

 

प्रचण्ड पक्षधर भयर मन्त्रिपरिषद्मा सहभागी भयका रामबहादुर थापा र लेखराज भट्ट ले प्रधानमन्त्री लाई नै सहयोग गर्ने जानकारी स्रोतले बतायो |अन्य माधवकुमार पक्ष र प्रचण्ड पक्षका मन्त्रीले सामुहिक राजिनामा दिदा पनि उनीहरुले नदिनुले पनि एसको संकेत भयको बताय ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै सात जना मन्त्रीहरुले आइतबार साँझ सिंहदरवारमा सामुहिक राजीनामा घोषणा गरे ।
राजीनामा दिन उपस्थित सातै जना मन्त्रीहरुको मुहार मलिन देखिन्थ्यो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमपछि कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री बर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामनत्री गिरिराजमणी पोखरेल, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजीनामा घोषणा गरेका हुन् ।
कृषि समितिको हलमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले राजीनामा पढेर सुनाएका थिए । त्यसपछि राजीनामा दिएका सातै मन्त्री सिंहदरवारबाट यसरी बाहिरिए ।

प्रकाशित भएको : December 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु