केपी ओली पार्टी सदस्यको लागि पनि योग्य छैनन : माधब कुमार नेपाल

 

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष वा केन्द्रीय कमिटीमा बस्न लायक नभएको भन्दै यस्ता व्यक्तिलाई पार्टीले कारबाही गर्नैपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको अनि अध्यादेश ल्याउँदिनँ भने झूटो बोलेको बताउँदै नेता नेपालले प्रश्न गरे, ‘वास्तवमा प्रश्न खडा हुन्छ, उहाँ पार्टी सदस्यका लागि लायक हो त ?’

पूर्वप्रधानमन्त्री एवं नेकपा नेता नेपालले कोही व्यक्तिले पार्टी छाडेर जाँदैमा नेकपा नफुट्ने दाबी गरे । ओलीमाथि कारबाही भए पनि पार्टी एकता यथावतै रहने उनले बताए । उनले केपी ओलीलाई लक्षित गर्दै भने, ‘पार्टी छोडेर हिँड्नुभयो भने उहाँको कुरा भो । कुनै पनि व्यक्ति कुनै पनि पार्टी नबस्न सक्छ, त्यो कुन ठूलो कुरा भयो र ?’

आगामी मध्यावधि चुनावमा पार्टी एकढिक्का भएरै जाला त भन्ने पश्नमा उनले चुनाव नहुने बरू संसद पुनर्स्थापना हुने बताए । नेता नेपालले भने, ‘चुनावको प्रश्नै छैन, संसदको पुनर्स्थापना हुन्छ ।’

प्रकाशित भएको : December 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु