कोरोनाको विश्वलाई संदेश

 

कोरोनाको सन्देश: मानवजातीको अस्तित्व प्रकृतिसंगको सह-अस्तित्व संग गासिएको छ।

इटालीमा जन्मेका क्रिस्टोफर कोलम्बस पन्ध्रौं सताब्दिको उत्तरार्द्वतिर स्पेनका पालोस वदरगाहबाट santa maria, Pinta र Nina नामका तिनवटा साना पानीजहाज (डुङ्गा) को सहायताले पूर्वि एसियाको खोजमा सामुन्द्रीक यात्रा शुरु गर्छन र वर्षौं पछि अर्कै गोलार्द्ध अहिलेको हैटी (अमेरिकी भू-भाग) पुगेर त्यहाँको अथाहा प्राकृतिक स्रोत देखेर “सुन खजाना हो यो जो संग हुन्छ संसारमा उसले चाहेको जे पनि गर्न सक्छ” भन्ने प्रकृति विनास गरेर धनि राष्ट्रले पृथ्वीमा साम्राज्य खडा गर्न सक्छ जस्ता आसय प्रकट गर्छन जुन आज पर्यन्त निरन्तर चलिरहेको छ।

सन् १६८८ मा पहिलोपटक राजनितिक अधिकारका लागि बेलायतमा भयको Glorious Revolution जगमा जुन औधोगिक क्रान्ति भयो उत्पादित सामानको बजार खोज्ने निहुँमा बेलायतले निरन्तर शुरु गरेको साम्राज्य विस्तारको यात्रालाई सन् १७७६ को अमेरिकि स्वतन्त्रता आन्दोलन र सन् १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्तिले थप प्रतिस्पर्धी मात्र वनाएर संसारभरका स्रोत कव्जा गर्दै आफु महाशक्ति वन्ने होडमा ति राष्ट्रहरु युद्ध विभिषिका मा होमिन पुगे र कालान्तरमा हिटलर र मुसोलिनो जस्ता क्रुर तानाशाहको उदय भयो जसका कारण प्रथम र दृितिय विश्वयुद्ध मा झण्डै ८ करोड मानिसले अनाहक ज्यान गुमाउनु पर्यो।

माथिको प्रसङ्ग उल्लेख गर्नाको कारण एउटै मात्र हो कि आफु सर्वशक्तिवान वन्नका लागि ठुला भनिएका राष्ट्रहरुले विज्ञानको अविस्कारको दुरुपयोग गरेर जल, जमिन, जंगल जस्ता प्रकृतिको चरम दोहन गरेका कारण पटक-पटक पृथ्वीमा रहेका मानवजातिले कोरोना जस्तै अनेकौँ महाव्याधिको सन्त्रास भोग्नुपरेको छ।

आज विज्ञान र प्रविधिले ठुल्ठुला चमत्कार मात्र गरेको छैन यो शताब्दिको पुस्तालाई भौतिकबादमा लठ्ठयाएर उत्तर आधुनिक मानवका रुपमा परिणत पनि गराएको छ।

प्रशिद्ध इतिहासकार नुओल हरोरका अनुसार “आजको सुचना प्रविधिको प्रयोगले एउटा मानिस आफु समुन्ने रुपमा कृतिम वौध्दिकता (Artificial Intelectuality) मा भर पर्न वाध्य छ।

बजारमा नयाँ सामान के आयो, के किन्ने, के नकिन्ने Facebook, अलिबाबा, अमेजन र दराजका वालहरुमा चहार्नुपर्छ, के सत्य हो, होइन गुगलले बताउँछ, कुन movie हेर्ने भनेर Netflix ले निर्धारण गर्छ।”

अन्तरिक्षमा थरि-थरिका यान प्रक्षेपण गर्ने, ड्रोन र रोबोट बनाउने, रासायनिक, आणविक, जैविक अश्त्र निर्माण गर्न सक्ने विज्ञानको अविस्कारलाई आज एउटा शुक्ष्म अदृश्य जिवाणु ले चुनौती दिएको छ। एक प्रकारको मानिसले हासिल गरेका ज्ञान,सिप, अनुभव, विज्ञान, प्रविधिले जावो virus का सामु घुडा टेकेर हारेको अवस्था छ।

कोरोना भाइरसले विश्वभर त्राहिमाम मात्र मच्चाएको छैन मानवजाती मा केहि नयाँ सोच पनि जगाएको छ।पाश्चात्य दर्शनमा अन्धभक्त भएर भौतिकवादको नसामा चुर्लुम्म डुबेकाहरुलाई आध्यात्मिक चिन्तन र पूर्विय दर्शनको तत्व वोध भएको छ।

Mc-donald र kfc का बातानुकुलित lounge मा Burger,sandwich,pizza,hotdog को स्वादमा बानी परेकाहरुलाई गाऊँ घरको organic food कोदो, फापर, जौ, मकैको ढिडोको परिकारमा लोभिन थालेका छन, Pharmacaculity का वहुराष्ट्रिय कम्पनिबाट उत्पादित एलोफेदिक ड्रग्सका प्रति विस्वास गर्नेहरु गाऊँघरछेउका वनपाखमा उर्मिएको तितेपाती, तुलसि, चिराइतो, कटुकि, सतुवा, सिस्नु, कुरिलो, हर्रोबर्रो को खोजिमा छन, योग, साधना र विपश्यनाको खुलेर प्रसंशा गर्न थालेका छन्।

रुसको ऐतिहासिक स्थल saint petersberg को खुला मैदानमा लाखौँ मानिसको भिडले राधे-राधे को स्वर गुज्जायमन गर्दै हिन्दुत्वका प्रति आसक्ति जनाउदैछन।

इटालीको प्रसिद्ध ब्रासीया अस्पतालको बरण्डामा डाक्टर,नर्स सहितका सयौँ स्वास्थ्यकर्मिहरु घण्टौँ लामवध्द भयर भेण्टीलेटरमा जिवन-मरणको दोसाँधमा रहेका बिरामिहरुको जिवनका लागि ओम-ओम शब्द चिच्याइरहेका छन।

कोरोना कहरले शक्तिराष्ट्रहरूलाई आफ्ना राष्ट्रिय नितिहरुमा पुर्नविचार गर्न बाध्य तुल्याएको छ। युद्ध लड्नका लागि ठुल्ठुला ,आणविक, रासायनिक भट्टि निर्माणमा अर्बौँ डलर खर्च गर्नु भन्दा आफ्ना नागरिकको जिवनरक्षाका लागि पर्याप्त औषधि उत्पादन गर्ने चेत पलाएको छ।

अन्तमा सत्रौँ शताब्दिमा प्रसिद्ध अर्थशास्त्री थोमस रर्बट माल्थसले प्रकृति माथि आएको विपत्तिलाई प्रकृतिले नै सन्तुलन कायम गर्छ र मानवजातिको अस्तित्व प्रकृतिसंगको सह-अस्तित्वमा निर्भर हुन्छ।

यदि मानवजातिले प्रकृति उपर विजय प्राप्त गर्न खोजे पटक-पटक ठुल्ठुला विपत्तिको सामना गर्नुपर्छ भनि भविस्यवाणी गरेकै हुन। जुन आज सत्य साबित भयको छ।

हामि बाँकी संसारको बारेमा त चर्चा गर्छौँ तर हाम्रो देश सुन्दर हरियालि पहाड, पर्वत, खोला, वनपाखा, कुना-कन्दरा जतासुकै विकासका नाममा डोजर आतंकले चिरा-चिरा पारेर निर्झर र उच्चाट लाग्दो अवस्थाका छन।

कतै हामी भाबि पुस्ताका लागि कोरोना भन्दा भयानक विपत्ति त निम्त्याइरहेका छैनौँ सबैलाई चेतना भया। सामाजिक दुरी कायम गरौँ, कोरोना भाइरसबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ।

 

जनक गिरि,पुर्व मन्त्री एवम् कांग्रेस नेता
प्रकाशित भएको : April 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु