पार्टी एकताको बाधक केपी ओली : जनार्दन शर्मा

 

नेकपाको प्रभाबशाली नेता एबं स्थाइ समिती सदस्य जनार्दन शर्माले पार्टी एकता देखि नै केपी ओलीले बखेडा झिकिरहेको कारण नै एकता अगाडी बडन नसकेको बतायाको छन् |

माधव नेपाल पक्षलाई कुनै पनि जिल्लामा अध्यक्ष हुन नदिने गरी ओली पेलेर जाने मानसिकताबाट आउनुभयो । सबैलाई जिम्मेवारी दिएर जानुपर्छ भन्दा उहाँ मान्नुभएन । सुरुमा त्यहाँबाट बिग्रिएको हो, पार्टी एकता अहिलेसम्म नहुनुका पछाडि ओली नै जिम्मेवार हुनुहुन्छ । लाख कोसिस गर्दा पनि उहाँले सहमति गर्नुभएन शर्मा ले भन्नु भयो ।’
‘प्रचण्डका कमीकमजोरी छैनन् भन्ने होइन तर ती कमीकमजोरी प्रधानमन्त्रीले गरेका स्तरका होइनन् । एकतालाई अगाडि बढाउन प्रधानमन्त्रीले रोकिदिएपछि प्रचण्ड एक्लैले कसरी गर्ने ?’
‘राष्ट्रपति र प्रधानमन्त्रीको गठबन्धनले जुन असंवैधानिक कदम चालेको छ यो संविधानमाथि हमला हो । संविधानमाथिको ‘कू’ हो ।’
‘यो प्रतिगमन, असंवैधानिक कदमको पछि जाने हो भने अर्को निर्वाचनको के अर्थ ? अर्को निर्वाचनबाट आउने प्रधानमन्त्रीले फेरि २ महिनापछि संसद विघटन गर्‍यो भने बिद्या भण्डारीले के गरिसिन्छ उहाले प्रश्न गर्नु भयो |शर्मा पार्टी एकता र बिबादमिलाउन सुरु बाट लागेको नेता हुन् |

प्रकाशित भएको : December 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु