सिटिजन लाइफको नया शाखा डाँडाकोनाकमा

 

बिमा कम्पनीमा भरपर्दो मानियको सिटिजनलाइफले आफ्नो नया शाखा पोखरा महानगरपालिका २६, डाड्नाक रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय बुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरेको छ ।
शाखा कार्यालय स्थापना भएको डेढ बर्षपछि विधिवत रुपमा बुधवार उद्घाटन गरिएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले एक कार्यक्रमकाबीच लेखनाथ शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बीमा क्षेत्र निकै फराकिलो भएकाले गाउँ गाउँसम्म बीमा र यसको फाइदाबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बीमा नागरिक स्वयंका लागि भएको भन्दै हरेक नागरिकको बीमा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार अधिकृत भुषण रिमालले धेरै बीमा कम्पनी अहिले हरेक क्षेत्रमा फैलिएकाले आफ्ना अनुकूल र बीमा कम्पनीले दिएको सुविधाका आधारमा बीमा गर्नुपर्ने बताउनुभयो । सिटिजन लाइफ इन्स्योरेन्सले बीमा गरेबापत ५० लाख सम्मको उपचारखर्च, मृत्युपछि किरियाखर्चलगायत सुविधा दिने भएकाले सिटिजन लाइफ इन्स्योरेन्स अरु बीमा कम्पनीभन्दा उत्कृष्ट रहेको दावी गर्नुभयो । प्रमुख व्यवसाय अधिकृत सुनिल पोख्रेलले व्यवसायीक र कार्यसम्पादनका हिसावले अरु कम्पनी भन्दा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी छिटो दिने जानकारी गराउँदै अन्य कम्पनीभन्दा उत्कृष्ट रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा कम्पनीका क्षेत्रीय शाखा प्रमुख छवि पौडेलले गण्डकी प्रदेशमा सिटिजन लाइफको अवस्थाबारे जानकारी गराउनुभएको थियो साथै उहाले कार्यक्रम सन्चालन पनि गर्नु भएको थियो ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लेखनाथ का बिओए सर्बिन्द्र नेउपाने ले स्वागत भाषण गर्नुभएको थियो । सिटिजन लाईफ इन्स्योरेन्सका लेखनाथ शाखा प्रवन्धक अशोक बराल को अध्यक्षतामा भएको थियो।।साथै उहाले सबै लाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो!!

प्रकाशित भएको : December 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु