पोखरामा प्रधानमन्त्री र राष्ट्रपतिको सवारी बयलगाडामा

 

पोखरामा प्रधानमन्त्री र राष्ट्रपतिको सवारी बयलगाडामा गरायका छन् |नेकपाको बिधार्थी संघठन अनेरास्ववियूले पोखराको मुख्य बजार नयाबजारबाट महेन्द्रपुल सम्म प्रधानमन्त्री र राष्ट्रपतिको बयलगाडारोहण गरायको जनायको छ|

जनआन्दोलनको बेला अहिलेको प्रधानमन्त्रीले , ‘यो आन्दोलनले गणतन्त्र आउँछ भन्नु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एकै हो।’भनेर भनेको कुरा लाई ब्यंग्य गर्दै प्रधानमन्त्रीको दासी जस्तो राष्ट्रपति पनि बनेकोले दुवै लाई बयलगाडामा सवारी गरायको बिद्यार्थी नेता क्षितिज सापकोटाले बताय

प्रधानमन्त्री ओलीले अहिले संसद भंग गरि गणतन्त्र नै धराममा पारेको भन्दै नेपाल कम्युनिष्ट पार्टीकै एउटा समूह सडकमा आएको छ। सडकमा आउने क्रममा उनीहरुले ओलीको त्यही पुरानो भनाई सम्झिएका छन्। प्रधानमन्त्रीको कदमको विरोधको सिलसिलामा निकालेको बयलगाडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला पनि राखिएको थियो।

‘अहिलेको प्रधानमन्त्री ओलीको हिजो पनि गणतन्त्रप्रति विश्वास थिएन, अहिले उनले गणतन्त्रमाथि नै प्रहार गरेका छन्’, विद्यार्थी नेता क्षितिज सापकोटाले कोण सभालाई सम्भभोदन गर्दै भने ,‘ राष्ट्रपति र प्रधानमन्त्रीको कारण गणतन्त्र धरापमा पारिएकोले हामीले व्यङ्ग्य गर्दै यस्तो प्रदर्शन गरेका हौं।’
प्रदर्शन तथा पुत्लादहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरे पक्षि केहि समय तनाब पूर्ण स्थिति बनेको थियो |सभा लाई कपिल पोडेल ले संचालन बिशाल तामांग ले स्वागत र क्षितिज सापकोटा ले सम्भोदन गरेका थिय |

प्रकाशित भएको : December 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु