बादल बेइमान निस्के :प्रचण्ड

 

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादलले बेइमानी गरेको बतायको छन | अन्तिम सम्म पनि म सहिद बेपत्ता घाइतेहरुको सपना भुलेर ओली क्याम्पमा जान्न भनेर आस्वोस्त परेपनि अहिले धोका दियर बेइमानी गरेको बतायको हुन् |

बिहीबारको केन्द्रीय कमिटी बैठकमा उनले आजको बैठकमा आउने अपेक्षा गरे पनि ल्याउन नसकिएको बैठकमा जानकारी गराएका हुन् ।
‘बामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, आउनु भएन । बामदेव कमरेड सकारात्मक हुनुहुन्छ तर बाललाई लिएर आउन सकिएन तर उताको बैठकमा सहभागी २३ जना फर्किइसक्नु भएको छ’ प्रचण्डले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको बैठकमा जानकारी गराए ।
उनले बादलसँग निकट रहेका कुलप्रसाद केसी र सुर्य सुवेदी पथिक आफूहरुको बैठकमा सहभागी भएको पनि बताए ।
सरकारले सं‌सद विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाको कुन कित्तामा लाग्ने भन्नेमा बादल केही दिनसम्म अनिर्णित बसेका थिए । तर उनी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलामा सहभागी भएका छन्

प्रकाशित भएको : December 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु