माओवादीका सबै मन्त्रि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी समूहका हाइ प्रोफाइलसबैनेता ;लाई मन्त्रि बनाउने भयको छन | पूर्व माओबादीका पाँच नेता केहि बेरमा मन्त्री बन्छन |

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा टोपबहादुर रायमाझीसहित पूर्व माओवादीका प्रभु साह, मणि थापा, हरिशंकर चौधरी र दावा लामालाई ओलीले मन्त्री बनाउन लागेका हुन्।
नेता टोपबहादुर रायमाझी आफूहरुले केहीबेरमा मन्त्रीको शपथ लिने तयारी भइरहेको बताए।
‘पूर्व माओवादीबाट हामी पाँच जना मन्त्री बन्दैछौँ’, मेरो मन्त्रालय टुंगिएको छ’, रायमाझीले भने, ‘अरु साथीहरुको मन्त्रालय अहिले घोषणा हुन्छ।’
संसद विघटन र नेकपामा आएको फूटमा आफूलाई साथ दिने पूर्वमाओवादी समूहका नेताहरुलाई प्रधानमन्त्रीले मन्त्रिमण्डलमा लैजान लागेका हुन्।
यसअघि मन्त्रिपरिषदमा पूर्व माओवादीका तर्फबाट रामबहादुर थापा गृहमन्त्री र लेखराज भट्ट उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्री छन्।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए।
प्रधानमन्त्रीले आज रिक्त ऊर्जा, कृषि, पर्यटन, शिक्षा, श्रम, खानेपानी, वन मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन्

प्रकाशित भएको : December 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु