ओलीलाई भारतको साथ भयो खुलासा

 

१० पुस, काठमाडौं । संसद भंग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा भारतको साथ र समर्थन होला ? राजनीतिज्ञ र कूटनीतिक विश्लेषकहरुसँग यसको यकिन जवाफ छैन ।तर, संसद भंग हुनुअघिका केही हप्तामा भएका भ्रमण र गतिविधिले आशंका चाहिँ बढाएको कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

पछिल्ला दुई महिनामा भारतबाट एकपछि अर्काे उच्चस्तरीय भ्रमणहरु भए । तीमध्ये केही भ्रमण स्वाभाविक थिए भने केही अस्वाभाविक ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेका भ्रमणहरु औपचारिक एवं उद्देश्य प्रेरित भ्रमण थिए ।
तर, भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको भ्रमण भने आकस्मिक र अपारदर्शी प्रकृतिका रहे । ती भ्रमणका खास उद्देश्यहरु आजसम्म खुलेका छैनन् ।
उनीहरु के उद्देश्यका लागि काठमाडौं आएका थिए भन्ने प्रष्ट हुन सकेको छैन् । गोयलले प्रधानमन्त्री केपी ओलीसँग राति ९ बजेदेखि ११ बजेसम्म कुराकानी गरे । अन्य कसैलाई पनि नभेटी फर्किए ।
त्यसैगरी, अघिल्लो हप्ता भाजपा विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आए र प्रधानमन्त्री ओली र उनी निकटका नेता तथा विपक्षी दलका नेताहरुलाई भेटेर फर्किए । अनि भ्रमणमा आएका यी पाहुनाले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र अन्य नेताहरुलाई नभेटी फर्किए ।
पछिल्लो समयमा ओली सरकारलाई पूरा समर्थन गरिरहेको भारतले कतै सो कदमलाई साथ दिएको छैन भन्ने आशंका गरिरहनु नपर्ने बिश्लेषकहरु बताउछन |संसद भंगसँगै ओलीको सम्भावित भारत भ्रमणको चर्चा पनि चल्दैछ यसले पनि उनि लाई भारत को बलियो साथ रहेको दाबी गर्छन बिस्लेशक |

प्रकाशित भएको : December 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु