नेकपा बिबाद ,शेरधन राई पनि बिदा हुदै

 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।

नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन् ।

माधव प्रचण्ड समूहका एक प्रदेश सांसद्ले आफूहरु अविश्वास प्रस्तावको गृहकार्यमा रहेको र केन्द्रको निर्देशन पर्खिएर बसेको बताए । प्रचण्ड– माधव समूहले शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।
प्रदेशसभाको ९३ सदस्यमध्ये नेकपाका ६७ सांसद छन् । कांग्रेसको २१ र साना दलको पाँच सांसद् छन् । नेकपाका ६७ मध्ये ओली पक्षमा २० जना सांसद छन् । प्रचण्ड–नेपाल पक्षमा ४७ जना छन्|
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको भोलिपल्ट ६ पुसमा मुख्यमन्त्री राईले आकस्मिक मन्त्रिपरिषद बैठक राखेका थिए । तर सो बैठकमा प्रचण्ड– नेपाल पक्षका मन्त्री सामाजिक विकास मन्त्री जीवन घिमिरे र आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बो गएनन् ।
प्रदेश मन्त्रिपरिषदमा प्रचण्ड–नेपाल पक्षका पाँचजना सदस्य छन् ।
‘प्रचण्ड –नेपाल समूहका सांसदहरुले नेकपा विभाजित भएको र मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै राजीामा दिन आग्रह गरेका छन् । ‘उहाँले नैतिक हैसियत गुमाइसक्नु भयो,’ प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) भन्छन् ‘नैतिकता देखाउनु पर्छ ।’

प्रकाशित भएको : December 25th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु