बिष्णु पौडेललाई उछिने टोपबहादुरले

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मौजुदा मन्त्रिपरिषद पुर्नगठन र हेरफेर गरेका छन् । पुनर्गठनका क्रममा राज्यमन्त्रीसहित नौ जना नयाँले जिम्मेवारी पाएका छन् भने पुराना ६ जनाको जिम्मेवारी हेरफेर भएको छ ।

शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दा यसअघिका अर्थमन्त्री तथा नेकपा ओली समुहका महासचिवसमेत रहेका विष्णु पौडेलभन्दा बरियतामा नवनियुक्त उर्जा, जलश्रोत ता सिंचाइ मन्त्री टोपबहादुर रायमाझि अगाडि रहेका छन् ।
रायमाझी वरियतामा चौथो नम्बरमा छन् । रायमाझी नेकपाको स्थायी समिति सदस्य हुन् । तर रायमाझीले अघिल्लोे ओली सरकारका पालामा उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने ईश्वर पोखरेल प्रधानमन्त्रीपछि दोस्रो वरियतामा छन् भने तेस्रो बरियतामा गृहमन्त्री रामबहादुर थापा वादल छन् । बादलपछि चौथो नम्बरमा रायमाझी र पाचौ नम्बरमा अर्थमन्त्री पौडेल परेका छन् । त्यस्तै परराष्ट्मन्त्री प्रदीप ज्ञवाली छैठौ वरियतामा परेका छन् ।

प्रकाशित भएको : December 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु