अमिताब बच्चन लाई पछार्दै नेहा पहिलो सुचिमा

 

भारतीय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा परेकी छन्। सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा उनी परेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेकी हुन्।

फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो स्थानमा पुगेकी हुन्।
उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै गर्वान्वित छु। तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु। धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद।’

इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहाको हालै मात्रै गायक रोहनप्रित सिंहसँग विवाह भएको थियो।

प्रकाशित भएको : December 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु