
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ।
मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी( क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा जारी संयुक्त विज्ञप्तिमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको उल्लेख छ।
‘वर्तमान सरकारको निरंकुशता, फाँसीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताविरूद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनीतिक संयुक्त मोर्चा गठन गर्ने सहमति भएको छ’, उनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी उनीहरूले मोर्चाको अवधारणा संरचना र आगामी कार्यक्रम चाँडै घोषणा गर्ने पनि बताएका छन्।
गत पुस ५ गते सरकारले प्रतिनिधि सभा संसद विघटन गरेको थियो। प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग भएको भन्दै त्यसको आलोचना हुँदै आएको छ। संसद विघटसम्बन्धी मुद्दा सर्वोच्चमा पुगेको छ।
प्रतिकृया दिनुहोस्