कर्णाली सरकार ढल्दैनः मुख्यमन्त्री शाही

 

नेकपाका नेता एवं कर्णाली मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो पक्षमा स्पस्ट बहुमत भयको कारण कर्णाली प्रदेश सरकार नढल्ने बताय |कोहीलाई रहर लागेर अविस्वासको पस्ताब बोके पनि त्यो सफल नहुने बताय |

कर्णाली प्रदेश सभामा जम्मा ४० जना सांसद् छन् । जसमा ६ जना प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका हुन् भने एक जना राप्रपाका हुन्। बाँकी ३३ जना नेकपाका सांसद् हुन् ।

नेकपाको समूह विभाजनसँगै पछिल्लो समय नेकपाभित्र पनि प्रचण्ड–नेपाल समूहमा धेरै सांसद् छन्। यो समूहमा २० जना सांसद् छन् । त्यसमध्ये पनि मुख्यमन्त्री सहित ४ जना मन्त्री र एकजना उपसभामुख छन् ।

ओली समूहमा १२ जना सांसद् (सभामुखबाहेक) छन् । यो समूहका दुई जना मन्त्रिमण्डलमा छन्।

प्रकाशित भएको : December 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु