१ हजार ८५६ जनाको मृत्यु

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १९६ महिला र ३३८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसमध्ये काठमाडौँ उपत्यकामा थपिएका २४७ जना रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
योअवधिमा थप ४४७ जना निको भएका छन् । नेपालमा निको हुनेको दर ९६.८ रहेको छ । हालसम्म २ लाख ५२ हजार ३५९ जना निको भइसकेका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ भने ३६२ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड–१९ मा १ हजार ८५६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित भएको : December 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु