७ गते बाग्मती प्रदेश अधिबेसन झडपको सम्भावना

 

अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ।
माघ ७ गते बैठक आह्वान गर्न आज बसेको प्रदेश मन्त्रिपरिषदले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।

भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले दिएको जानकारीअनुसार प्रदेश सभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।
मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस भएको छ।
नेकपाभित्र केन्द्रमा देखिएको विवाद प्रदेशसम्म पुगेको छ
मुख्यमन्त्री पौडेललाई संसदीय दलबाट पनि हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको प्रचण्ड-नेपाल पक्षका नेकपा सांसदको भनाइ छ।

प्रकाशित भएको : January 1st, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु