सलमानको फिल्म राधेको मूल्य २३० करोड

 

बलिउड अभिनेता सलमान खानको प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट निर्मित नयाँ फिल्म ‘राधे’ जी स्टुडियोलाई बेचेको छ। भारतीय अखबार बलिउड हंगामाको रिपोर्ट अनुसार सलमानले भारू २ सय ३० करोडमा फिल्म जी स्टुडियोलाई बेचेका हुन्।

फिल्म ‘राधे’को पोष्ट प्रोडक्सन काम बाँकी छँदै सलमानले फिल्म रिलिजका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्। स्रोतले बलिउड हंगामा बताउँदै भनेका छन्, ‘सलमानले राधेको उपग्रह, नाट्य, डिजिटल र संगीतका अधिकार २ सय ३० करोडमा जी स्टुडियोलाई बेचेको छन्। यो कोरोना भाइरस महामारी समयमा भएको सबभन्दा ठूलो सम्झौता हो। उनीहरू लकडाउन समय यही सहकार्य गर्ने विषयमा छलफल गर्दै थिए। र, अन्त्यमा यो सम्झौता डिसेम्बरको सुरूतिर सम्भव भयो।’स्रोतले थप भनेका छन्, ‘यो एक व्यावहारिक सम्झौता हो जसले सलमानलाई ठिकै नाफा हुनेछ। जी स्टुडियोलाई पनि धेरै जोखिम हुँदैन। किनभने सलमानका फिल्महरूले विभिन्न प्लेटफर्महरूमा राम्रो प्रतिफल कमाइरहेको हुन्छ।
चाखलाग्दो कुरा के छ भने फिल्म ‘राधे’लाई यस अघि यश राज फिल्म्सले फिल्म हलबाट कमिसनको आधारमा सार्वजनिक गर्ने भनिएको थियो। यद्यपि अब जी स्टुडियोले यो जिम्मा लिने भएको हो।

‘यो एक सम्झौता हो जसले जी स्टुडियो र सलमानको साझेदारीको सुरुवात बुझाउँछ,’ एक व्यापारिक स्रोतले बलिउड हंगामालाई भनेका छन्। यसअघि सलमान खानको अभिनय रहेको फिल्म ‘रेस ३’, ‘भारत’ र ‘दबंग ३’ पनि जी टेलिभिजनको प्रीमियर जी सिनेमामा देखाइएको थियो।

प्रकाशित भएको : January 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु