
घरमा देबिदेवताको तस्बिर वा मुर्ति राख्दा सकारात्मक उर्जा पैदा हुन्छ भन्ने जनविश्वास रही आएको छ नियमित रुपमा पुजा गर्नाले घरमा सुख शान्ति रहीरहन्छ शिवपुराणमा बताएको छ शिवजीको इच्छाले नै यो सम्पूर्ण सृष्टिको रचना ब्रह्माजीद्वारा गराउनु भएको हो त्यसैले शिवजीलाई सर्वश्रेष्ठ मानिन्छ।
हिन्दु धर्मलम्बिहरुको घरमा प्राय भगवान शिवजीको फोटो वा मुर्ति राख्ने गरिन्छ।
यदि तपाई पनि आफ्नो घरमा शिवजीको तस्बिर वा मुर्ति राख्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस ।
१ शिवपुराणअनुसार घरमा ठुलो शिवलिंग राख्नु हुदैन। घरको मन्दिरमा हाम्रो औलाको पहिलो हिस्सा बराबरको वा छोटो शिवलिंग राख्नु हुदैन
२ बैबाहिक जीवनसंग जोडिएको समस्याबाट छुटकारा पाउनको लागि पनि घरमा शिवजीको पुरै परिवारको तस्बिर राख्नुहोस् शिव परिवारको पुजा गर्नाले पति-पत्नी बीचमा प्रेम रहिरहन्छ ।
३ भगवान शिवको निवास कैलाश पर्वत उत्तर दिशामा हो त्यसैले भगवान शिवको मुर्ति वा तस्बिर राख्दा उत्तर दिशामा राख्नु शुभ मानिन्छ ।
४ उत्तर दिशामा शिवजीको तस्बिर वा मुर्ति यस्तो ठाउँमा राख्नुहोस् जहाँ घरमा आउने जाने सबैले महादेवको दर्शन गर्न सकोस ।
५ शिवजीको मुर्ति यस्तो राख्नुहोस जसमा शिवजी नदिमा विराजित भएको वा ध्यानमा बस्नु भएको होस् ।
६ शिवजीको साथ माता पार्वती गणेशजी कार्तिकेय स्वामी र नंदीको मुर्ति पनि राख्नुपर्छ शिव परिवारको पुजा एक साथ गर्नु शुभ मानिन्छ ।
७ शिवजीको तस्बिर राख्ने ठाउँ सफा हुनुपर्छ ।
८ शिवजी क्रोधित स्वरूपको तस्बिर राख्नु हुदैन महादेवको क्रोधित स्वरूप राख्दा घरमा अशान्ति बढ्ने गर्छ बिशेष गरि शिवजी तांडव गरिरहेको तस्बिर वा मुर्ति घरमा भुलेर पनि राख्नु हुदैन ।
प्रतिकृया दिनुहोस्