ओली र देउवा बिच आलोपालो प्रधानमन्त्रीमा सहमति

 

काठमाडौं । अखिल नेपाल महिला संघका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच आलो पालो प्रधानमन्त्री बन्ने समझदारी बनेको खुलासा भएको छ ।

ओलीले कुनै हालतमा संसद पुनस्थापना नहुने जिकिर पनि गरेका थिए । सर्वोच्च अदालतले आफ्नै निर्णयलाई सदर गर्ने पनि उनको दाबी छ । संसद पुनस्थापना भइहालेमा बाँकी कार्यकाल देउवालाई प्रधानमन्त्री बनाउने सहमति पनि आफूले गरिसकेको जानकारी उनले दिएका थिए ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले आफूलाई साह्रै दुःख दिएकाले बरु देउवालाई प्रधानमन्त्री बनाउनु उचित ठानेको पनि ओलीले बताएका थिए । ओली र देउवाबीच केही समय अघिदेखि नै अघोषित कार्यगत एकता रहँदै आएको उनीहरुका पछिल्ला गतिविधिबाट देखिन्छ । उनीहरुले सम्बैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्ती सम्बन्धमा पनि एक भएर जाने सहमति गरेका थिए । त्यसै अनुसार अध्यादेश ल्याएको र नियुक्तीमा देउवालाई समेत भाग दिएका हौ |तपाईंहरु लाई किन दिय होलान भन्ने लाग्य होला देउवा अहिले चुप छन् नि बुझनु भयो होलानी येही हो कारण |प्रचण्ड -माधब संग जनता छैन कांग्रेस सडकमा जान्न २\४ दिन उफ्रंचन र सकिन्छ हामी योजाना मुताबिक सफल हुन्छौं प्रधान मन्त्रीले भन्नु भयो स्रोतले बतायो

प्रकाशित भएको : January 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु