सहिदको अपमान गर्ने ओलि सग हिसाबकिताब हुन्छ : सुरेन्द्र बस्नेत

 

काठमाडौं ।

सत्ता रुढदल नेपाल कम्युनिण्ट पार्टी (नेकपा) निकट बिद्यार्थी संगठन अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सहिदको अपमान नगर्न चेतावनी दिएका छन् । नेता बस्नेतले प्रधानमन्त्री ओलीको अभिब्यक्ति अत्यन्तै आपत्ति जनक रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले आफू निकट विद्यार्थी संगठनको भेलामा प्रचण्ड – नेपाल समुहलाई लक्षित गर्दै ’ तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरु सहिद त होइन ।’ भन्ने विवादस्पद अभिब्यक्ति दिएका थिए । अनेरास्ववियूका नेता समेत रहेका बस्नेतले भनेका छन् –’ सहिद तथा वेपत्ता योद्धा परिवारको एउटा सदस्य हुनुको नाताले प्रधानमन्त्री ओलीको यो भनाई प्रति म घोर आपत्ति प्रकट गर्दछु । पछिल्लो चरणमा प्रधानमन्त्री ओली निकै असंयमित हुनुभएको छ ।’

बस्नेतले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ’ हेक्का रहोस् महोदय ! मुलुकमा संघीय गणतन्त्र तीनै सहिदको वलिदानवाट आएको हो , वयलगाडावाट हैन । सहिद कसैको शुभेच्छा वा सरापले हुने कुरा पनि होइन । ’ उनले प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले एकातिर सहिदको अपमान गरेको र अर्कोतिर जिउँदा मान्छेलाई सहिद वनेको भए हुने भनेर अमानवीयता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

प्रकाशित भएको : January 4th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु