केपी ओली लाई बयलगाडामा घुमाइयो शहर

 

पोखरा पछि नेपालगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओली लाई बयलगाडामा शहर घुमयाका छन |

साइकल लाई बयलगाडा को स्वरुपमा बनायर ओली को पोस्टर टाँगेको पोखरामा मा भने नेपालगन्जमा भैसीको बयल गाडा बनायको छन् | प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड माधव समूहले शुक्रबार नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको छ|
नेपालगन्जको विपी चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन जिल्ला प्रशासन कार्यालय बाँके सम्म पुगेको थियो ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज, जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला लगायतका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो । प्रदर्शनमा प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै चर्को नाराबाजी भएको थियो ।

प्रकाशित भएको : January 9th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु