कसको खुसि हेरौ

 

बिहानै झ्यालका पर्दाहरुलाई छिचोल्दै घाम मेरो आखा सम्म पर्यो झसङ्ग ब्युझिएछु आमा किचनबाट कराउदै हुनुहुन्थ्यो , अझै कति सुत्छस उठ छिटो , आज भोलि किन यति धेरै अल्छी भाको छस ह |
म आमाको कुरा लाइ वास्ता नगरी बाथरुम छिरे , केहि बेरमा फ्रेस भएर किचन पसे मेरो लागि चिया टेबुलमा रेडी थियो गिलासको मुखबाट उडेका बाफ संगै उडेका मेरा सपनाहरु सम्झनामा आए , आमा सब्जी काट्दै हुनुहुन्थ्यो संगै म तिर हेर्दै भन्नु भयो |
बाबु जागिर कस्तो चलिरहेको छ ?
ठिकै छ आमा किन र ? प्रस्न गर्न मन लाग्यो
कि अरु केहि गर्छस भनेर , फेरी आमाले नै प्रस्न गर्नु भयो |
केहि गर्नु पर्छ भन्ने सोच त थियो , आमा लाइ भने सोचेको त छु तर सबै सोचे जस्तो कहाँ हुने रहेछ र |
बाबु अब बिहे गर्ने बेला पनि भयो बिहे गर्नु पर्यो अनि दुइ जना मिलेर जे गर्ने हो गरौला नि हुदैन र ?
आमा अहिले नै बिहे ?
किन बुढो भैनस र ? अब सधै सानो छु भन्ने सोचेको छस |
त्यस्तो होइन आमा तर अझै केहि गर्नु छ ,
बाबु हेर हाम्रो सहारा भनेको त नै होस हामि भनेको डाडा माथिको घाम जस्तै हो कति बेला घुप्लुक्क हुनेको थाहा छैन , बिरामी भएर बिस्तरामा लड्दा तातो पानि तताएर दिने पनि कोइ भएन् भनि ,
मैले आफ्ना हरुसंग कुरा गरिसकेको छु एउटी असल बुहारी खोज्न पर्यो भनेर |
आमाको कुरा सुनिसकेपछि पिरहेको चियाको स्वाद हराउन थाल्यो आमालाई कस्तो जवाफ फर्काउ म दोधारमा परे |
आमा सबै कुरा थाहा छ र पनि म अहिले बिहे गर्दिन ,
बाबु हामि तलाई गलत काम गर भनेको हो र ?जस्तो संग नि बिहे गर भनेको हो र ? हाम्लाई पनि त रहर छ , हाम्रो पनि त सपना छ , अरुलाइ देखाउनु छ यति भनिरहदा आमाको आवाज दबिसकेको थियो |
आमा एउटा कुरा भनुम ?
अ भन न ,
बिहे कसको लागि गर्ने हो ?
तेरो लागि ,हाम्रो लागि
त्यसो भए अरुलाई किन देखाउन पर्यो ? अरुले पाल्ने होर ?
इज्जतको लागि भए पनि मागेर धुम धाम संग बिहे गर्नु पर्छ , जाबो ऋण त जसो तसो तिरौला नि बाबु
ओठमा फिस्स हासो हास्दै भने आमा हामीलाई हुर्कौदा पढाउदा लागेको ऋण त बल्ल सकिदै छ फेरी अब ऋण ? जे भए पनि तिर्ने आखिर मैले नै हो नि कि होइन र आमा ? प्रस्न गरे
आमा केहि बोल्नु भएन
अनि थाहा छ आमा यहाँ कसैलाई देखाएर मात्रै हुदैन यहाँ कसैले पाएर पाएम भन्दैनन , खाएर खाएम भन्दैनन , अनि लाएर लाएम |
पैसा हुदा मात्र रमाउने हरु भोलि पैसा नहुदा दुम्सिले टाउको लुकाए झैँ लुक्ने छन् |
भो आमा छोड्नु यस्ता कुरा अफिस जान हतार हुन्छ छिटो खाना पकाउनु भन्दै कोठा तिर लागे मोबाइलमा अगी देखि घन्टी बजिरहेको रैछ |
हेल्लो
का हो मान्छे , फोन म्यसेज केहि छैन ?
सरि बेबी आज बिहान बिहानै आमा संग झगडा गर्दै थिए के अलि ठट्टा गरेर भने
किन हो त्यस्तो हम ,
त्यस्तो केहि होइन बेबी मजाक मा उडाए , अ साच्चै के गर्दै छौ ?
खाना पकाउदै छु अनि हजुर के गर्दै ?
म कसैलाई मिस गर्दै छु , हास्दै भने
गफाडी मान्छे ,
लौ कसरि गफाडी ?
त्यसरी नै ,ल म खाना बनाउछु म्यासेज को रिप्लाई आएन र फोन गर्या इन्स्टा मा आउनु न त भन्दै फो राखिन |
मनमा अनेक कुरा हरु खेल्न थाले , आफ्नो सपना फरक छ अनि बाबु आमा को सपना के गरम , यो सबै उनलाई भन्न मन लागेन , किनकि उनलाई बचन दिएको छु अनि यो पनि थाहा छ कि आफुले आफै संग गरेको बाचा तोड्नाले आफैलाई कमजोर गराउछ |
के गरम कसरि सम्झाउ यो मनलाइ अनि आफ्ना हरुलाई मन बढो भारि भयो , भए न भएका सबै कुरा सोच्न थाल्यो दिमागले पनि , आमाले भनेका हरेक शब्दहरुले सबै तिर राज गरिरहेका थिए |
सिधै इन्कार पनि गर्न सक्दिनथे अनि स्वीकार पनि
मन मुटु मा सधै उनलाई नै राखेको छु सायद त्यहि भएर पनि होला मन त्यसै भुलिदिन्छ , उनको फोन म्यासेज ले नया तरङ्ग ल्याइदिन्छ मेरा हरेक सफलतामा उनको ठुलो हात छ सायद उनि न भाको भए आज कहिँ कतै हुने थिए होला |
साच्चै उनको जस्तो साथ् अनि माया भाग्यमानिले मात्र पाउछ अझै सोच्दै थिए |
म के गरम ?
कसको खुसि हेरौ ? आफ्नो या आफ्नाहरुको
जिन्दगी कसले बिताउने हो ?
सधै सबै लाइ खुसि बनाउन सकिन्छ र ?
मेरो पनि त सपना छन् मेरो पनि त रहर छन् मेरो पनि आफ्नै जिन्दगी छ , मेरो जिन्दगी मेरो हिसाबले चलाउन किन सक्दिन ?
सधै अरुको खुसि हेर्दा हेर्दै आफ्नो खुसीको मूल सुकेको पत्तै पाइन् |
कहिँ कतै बाट केहि खुसीका त्यान्द्रा आउदै छन् भने के त्यसलाई पनि मारिदिउ ?
अह सक्दिन म
हिजो सबैले जे भन्दा पनि हस भन्थे म ठिक थिए , आज हराएका आफ्ना केहि खुसि खोज्न के लागेको थिए म घमण्डी भए अरे वा ..

भो भन्नेले जे सुकै भनुन भन्नेहरुको मुख थुन्न कहाँ सकिन्छ र ?
बस आफ्नो कर्म गर्ने हो |
बर्षौ पछी फर्किएको खुसि म त्याग्न सक्दिन आमा ,
आफ्नाले खोजेको भन्दा आफ्नो मनले खोजेको तपाइको बुहारी राम्री छिन |
सोच्दा सोच्दै कति बेला अफिस जाने बेला भएछ पत्तै भएन |||

प्रकाशित भएको : May 11th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु