प्रचण्ड -नेपाल लाई सुर्य र नेकपा नदिन ओलीले थाले यस्तो तयारी सह सचिब सरुवा

 

नेकपाको बिबाद र अबको निकास बारे नजिक बाट हेरिरहेका निर्वाचन आयोगका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमको सरकारले सरुवा गरेको छ । आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको सरुवा भएको निर्वाचन आयोग स्रोतले रातोपाटीलाई जानकारी दियो ।

विभाजित नेकपाको मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ । आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’
निर्वाचन आयोग स्रोतका अनुसार कानुन शाखाका प्रमुख गौतमका साथै आयोगका आयुक्तहरुले नेकपा विवादको मुद्दा हेरिरहेका थिए ।

प्रकाशित भएको : January 13th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु