राष्ट्रपति बिरुद्द लाग्यो महाभियोग

 

राजनीतिक खिचातानीले सबैभन्दा बढी प्रजातान्त्रिक भनियको देश अमेरिका अहिले जर्जर भनेको छ | राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ । ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले महाभियोग प्रस्तावको समर्थन गरे । ६ जनवरीमा भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो ।

अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपतिविरुद्ध पारित भएको महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै त्यसलाई आधिकारिक रुप दिएकी छिन् । अब यो माथिल्लो सदनमा जानेछ । हस्ताक्षर गर्नुअघि पेलोसीले भनिन्, ‘आज सदनले दर्साएको छ कि कोही पनि कानूनभन्दा माथि छैन, अमेरिकाका राष्ट्रपति पनि छैनन् । डोनल्ड ट्रम्प स्पष्ट रुपमा एक देशको रुपमा एक खतरा हुन् र हामीले अमेरिकाको संविधानको सुरक्षाको जुन शपथ लिएका थियौं आज एकपटक त्यसको पुनः सम्मान गर्छौं । र अब म निकै दुःखका साथ र भारी मनले राष्ट्रपतिविरुद्ध महाभियोगको आर्टिकलमाथि दस्तखत गर्दैछु ।
अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले एक बयान जारी गरेका छन् । ट्रम्पको भिडियो बयानलाई ह्वाइट हाउसको ट्वीटर अकाउन्टमा अपलोड गरिएको छ । बयानमा ट्रम्पले भने, ‘हिंसा र तोडफोडका लागि हाम्रो देशमा कुनै स्थान छैन न त हाम्रो आन्दोलनमा हिंसाका लागि कुनै स्थान छ ।’ उनले अघिल्लो हप्ता राजधानी वासिङ्टनमा भएको हिंसाको निन्दा गरे । ट्रम्पले आफ्नो बयानमा थपे, ‘मेरा जो पनि सच्चा समर्थकले राजनीतिक हिंसाको वकालत गर्न सक्दैन । मेरा कोही सच्चा समर्थकले हाम्रो कानून र हाम्रो महान अमेरिकाको झण्डाको अपमान गर्न सक्दैन । यदि तपाईंमध्ये कसैले यस्तो काम गरिरहनुभएको छ भने तपाईं हाम्रो आन्दोलनको मद्दत गरिरहनुभएको छैन । तपाईं त्यसमाथि हमला गरिरहनुभएको छ र तपाईं हाम्रो देशमा हमला गरिरहनुभएको छ । हामी यसलाई सहन सक्दैनौं ।’

प्रकाशित भएको : January 14th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु