ख्याल गर्नुहोस् जीवनमा सफलता पाउँन चाहानुहुन्छ भने यस्ता तीन गुण भएका व्यक्तिको संगत नगर्नुहोस्

 

आजको प्रतिस्पर्धाको युगमा हरेक व्यक्तिलाई सफलता चाहिएको छ । यो भिडमा जित्नको लागि निकै ठुलो मेहनत मात्रै भएर पुग्दैन असल मित्रको पनि आवश्यक्ता पर्दछ ।

यो बिचमा आज हामी असल मित्र कसरी छुट्याउने भन्ने बारेमा चाणक्य नीतिका कुरा गर्न गइरहेका छौं ।

पछिल्तिर काम बिगार्ने तर, अघिल्तिर हुँदा मीठो बोल्ने, ठिक्क पार्ने मित्रलाई ुमुखमा दूध र भित्र विषले भरिएको घडाुलाई छाडेझैँ छाडिदिनु दूराचारी, कुदृष्टि राख्ने, खराब ठाउँमा बस्ने दुर्जन व्यक्तिसँग जसको मित्रता हुन्छ, त्यो पनि छिटै नष्ट हुन्छ। बरु मित्र नभएकै राम्रो, कुमित्रसँग सम्बन्ध राख्नु राम्रो होइन ।

नीच मित्रबाट आनन्द कहाँ पाइन्छ । कुमित्र (खराब साथी) माथि कुनै प्रकारले विश्वास गर्नुहुँदैन नै, सुमित्र (असल साथी) माथि पनि अति विश्वास गर्नु हुँदैन । कथंकदाचित मित्र रिसायो भने तपाईँको गोप्य कुरा खोलिदिन्छ ।

प्रकाशित भएको : April 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु