भारत सामु आत्मसमर्पण गरे पररास्ट्रमन्त्रि ज्ञवालीले ; झुक्यो ३ करोड नेपालिको शिर

 

भारत भ्रमणमा रहेका मन्त्रीले तिन करोड नेपालीको शिर निहुरिने गरि कार्यक्रममा सहभागी भयका छन् |नेपालको नक्सा नै बिग्रने गरि बनायको कार्यक्रमको ब्यानर मुनि बसेर मन्त्रि ज्ञवालीले सम्बोदन गरेको हुन् |

नेपालको पछिल्लो नक्सा लाई भारत ले मानिरहेको छैन तर नेपाल ले सदन बाट नै यो नक्सा पास गरि सकेको छ र अध्यनको लागि पद्यक्रम पनि निर्माण गरिसकेको थियो तर पछिल्लो पटक प्रधानमन्त्रीको कारण तल पठाउन नसकियाको तत्कालीन शिक्षा मन्त्रि गिरिराजमणि पोखरेल ले बताई सकेको छन् कोभिड संकटपछि भारत भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवाली पहिलो नेपाली उच्चस्तरीय नेता पनि हुन् ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा विवादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको प्रतिक्रिया दिएका छन् । ‘सीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । म भन्न चाहन्छु, संयुक्त आयोग बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्,’ श्रीवास्तवले साप्ताहिक ब्रिफिङको क्रममा भनेका छन् ।
यस्तै संयुक्त आयोग उच्च स्तरमा दुई देशबीचको साझेदारीको समग्र पूनरावलोकन गर्ने महत्वपूर्ण संयन्त्र भएको र यसले दुई देशको विशेष सम्बन्धलाई अझै राम्रो बनाउन राजनीतिक मार्गदर्शनको अवसर प्रदान गर्ने रुपमा श्रीवास्तवले व्याख्या गरेका थिए । साथै भारतले विभिन्न क्षेत्रमा रचनात्मक छलफल गर्ने पनि उनले बताएका छन् ।। नेपाल सरकारले गत वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि दुई देशबीच यो हदको आत्मसमर्पण पहिलो भयको विज्ञहरुले बतायको छन्

प्रकाशित भएको : January 15th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु