गण्डकीमा पनि गुम्यो ओलीको बहुमत ( हेर्नुहोस को कता लागे

 

पोखरा ।६० संसद रहेको गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री को बहुमत गुमेको छ | प्रचण्ड माधव पक्षका १२ सांसद्‌ले समर्थन नगर्ने जनाएका छन् । मनाङे पनि मुख्यमन्त्रीको पक्षमा नरहने घोसना गरे पछि सरकारको पक्षमा २६ जना सांसद्‍ मात्र हुनेछन् । बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे वामदेव गौतम पक्षमा लागेका छन् । उनले आफू नेकपामा कहिल्यै नगएको र दुईतिहाइ पुर्‍याइदिन मात्र सहयोग गरेको बताएका छन् ।

निर्वाचित भय पछि १ वर्ष सांसदहुन कुरेका मनाङेलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ असार २०७६ मा नेकपा प्रवेश गराएका थिए । तर, उनी नेकपाको सदस्य भएको कुनै प्रमाण छैन ।
“म मन्त्री बन्थेँ नि, कहाँ यी नेताको अन्डरमा बस्थेँ म ?” उनले भने । नेकपाको विवाद चलिरहँदा मनाङेले एकाएक वामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानको केन्द्रीय सदस्य बनेका हुन् ।
पार्टी फुटिसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्र संविधानत: विश्वासको मत लिनुपर्छ । अहिलेसम्म उनको पक्षमा उनीसहित २६ सांसद खुलेका छन् । तीन प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ ।

प्रकाशित भएको : January 15th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु