फेरी बिवाह गर्दै मुख्यमन्त्री राई ; कता लागिन मेरो हुन् शेरधन भन्ने युबती

 

यक युबती बारम्बार म शेरधन राई कि बुढी मै हु भन्दै धेरै समय मिडिया प्रहरी अदालत धेरै ठाउँ चाहरिन र अहिले मुद्दा फिर्ता लियको केहि महिना मात्र पुएको छ |
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।
उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनले भने, “विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदै छ ।”
विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ ।
विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।
मुख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्न लागेको उनी निकटस्थहरु बताउँछन् ।
संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो ।

प्रकाशित भएको : January 15th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु